सहमति सहमति सहमति को भजन र रेडिसन होटलको ककटेल भन्दा सायद जिम्मेवार नेताहरुको लागि अरु केहि पनि आवश्यकम नभएको स्पष्ट देखिन्छ । यौटा पार्टी को यौटा कुरा र त्यसको ठ्याक्कै उल्टो अर्को पार्टीको कुरा - तेस्रो कुरा कसैले गरिहाल्यो भने कि त त्यो राजावादी हुन्छ, कि त प्रतिकृयावादि ?? र चेपुवामा सँधै यौटै पक्ष - त्यो हो नेपाली जनता ।
मदनकृष्ण र हरिवंशको पुरानो यौटा गाउँखाने कथा त्यसै प्रत्येक पटक सान्दर्भिक भएको हैन -
चढ्न पनि हुने, जोत्न पनि हुने
यसको गोबरले पोत्न नहुने
सिँग नभाको
पुच्छर टाउकोमा गाको
के हो ?
